frm 1
बैशाख १५ इनरुवा/ मधेश आन्दोलन लगायतका मुद्धा सम्बोधन नभएको प्रति रुष्ट बनेका खेमाहरु सम्मीलित संघीय गठबन्धन सुनसरीले समेत आज सुनसरी प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रिय कार्यतालिका अनुरुप गठबन्धले सुनसरी प्रशासन मार्फत प्रधानमंत्रीको कार्यालयलाई २९ बुँदे ज्ञापन पत्र पठाएको हो ।
जिविस रोड स्थित सद्भावना पाटीको कार्यालयमा भेला भएका गठबन्धन आवद्ध दलका नेताहरुको समूहले जिल्ला प्रशासन कार्यालय अघि सरकार विरोधी नाराबाजी गर्दै प्रशासन मार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र पठाएका हुन् । समाजवादी फोरम नेपालका केन्द्रिय सचिव पर्र्शुराम बस्नेतको नेतृत्वमा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।

frm
आन्दोलनका मुद्धालाई सरकारले वेवास्ता गरेको भन्दै निर्णायक आन्दोलन चर्काउने निर्यय गरेको गठबन्धनले आजबाट आन्दोलनको सुरुवात गरेको हो । गठबन्धनले जारी गरेको आन्दोलन तालिका अनुसार यही १७ गते सरकारी कार्यालयमा कालो झण्डा गाड्ने देखि विरोध प्रर्दशन लगायतका कार्यक्रम प्रेश विज्ञप्तीमा उल्लेख छ ।
मधेश आन्दोलनताका सुनसरीमा कुनै अप्रिय घटना नभएपनि सुरक्षाका हिसाबले सुनसरीलाई संवेदनशील क्षेत्रका रुपमा लिइदै आइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia