
इनरुवा बैशाख १७/राप्रपा नेपालका रमेश श्रेष्ठ सहित दुई हजार बढी एमालेमा प्रवेश गरेका छन् ।प्रधानमंत्री ओलीले नेकपा एमाले जिल्ला पार्टी कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको औपचारिक कार्यक्रमकावीच विभिन्न पाटी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई पाटी प्रवेश गराउनु भएको हो ।
राप्रपा नेपालका पूर्व सहमहामन्त्री रमेश श्रेष्ठ नेतृत्वमा २ हजार बढी एमालेमा प्रवेश गरेको एमाले सुनसरीले जनाएको छ ।राप्रपा प्रति असन्तुष्टि जनाउँदै पाटीबाट बाहिरिएका रमेश श्रेष्ठ पूर्व सुनसरी जिविस सभापति समेत रही सकेका व्यक्ति हुन ।








