३१ वैशाख, इनरुवा। महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाको आयोजनामा आज १२० अौ महानन्द जयन्ती मनाइयो। सो अवसरमा महानन्द सापकोटाको सालिकमा अध्यक्ष छविनाथ रिजालबाट माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।उक्त कार्यक्रम भगवती मा. वि. को प्रांगनमा सम्पन्न भएको थियो भने कार्यक्रममा विध्यार्थि, समाज सेवी, कवि तथा स्थानियवासीहरुको उपस्तिथि थियो।कार्यक्रममा उपस्थित विध्यार्थिहरुबाट कविता वाचन भएको थियो।
महानन्द सापकोटा कवि तथा भगवति मा. वि.का संस्थापक प्रधानाध्यापक हुनुहुन्थियो। उहाकै नाममा इनरुवा – ६ मा महानन्द पार्कको स्थापना गरिएको छ। उक्त पार्क लामो समय देखि अर्ध निर्माणको अवस्थामा रहेको थियो भने केहि दिन एता आएर स्थानियवासि तथा इनरुवा नगरपालिकाको विशेश पहलमा सो पार्क पुन: निर्माणको क्रममा छ।यस महानन्द पार्कले इनरुवा नगरलाई एउटा छुट्टै पहिचान दिने विशवास स्थानियले लिएका छन्।


















