
जेठ ३ इनरुवा / मदन –आश्रितको २३औं स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
मदन भण्डारी स्मारक प्रतिष्ठान इनरुवा सुनसरी र नेकपा एमाले वडा कमिटी सखुवागाछीले संयुक्त रुपमा स्मृति दिवस मनाएका हुन् ।सखुवागाछी चोक स्थित रहेको मदन भण्डारीको शालिकमा माल्र्यारपण गरिनुका साथै सभाको आयोजना गरि दिवस मनाइएको हो ।
तीन दिने विविध कार्यक्रमको आयोजना गरेको प्रतिष्ठानले स्थानीय वडा कमिटी सँगको सहकार्यमा इनरुवा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्नुका साथै चोक सरसफाई गरेको थियो ।स्मृति दिवसका अवसरमा आयोजित स्मृति दिवसमा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौला, एमाले सुनसरी अध्यक्ष द्धारिकलाल चौधरी लगायतकाले मदन आश्रितको योगदानको चर्चा गरेका थिए ।









