
जेठ ३ इनरुवा/इनरुवा ३ स्थित कंश मडानमा रहेको लाटीमाई मन्दिर संरक्षणका लागि सक्दो पहल चाल्ने भूमि सुधार तथा व्यवस्था मंत्री रामकुमार सुब्बाले प्रतिवद्धता जनाएका छन् ।प्राचिन कालीन किम्बदन्तीका अनुसार भगवान श्रीकृष्णले कंशलाई वध गरेको स्थानका रुपमा परिचित लाटीमाई मन्दिर क्षेत्र ओझेलमा परेको भन्दै संरक्षका लागि पहल थाल्ने मंत्री सुब्बाले बताएका हुन् ।
बढ्दो आवादी सँगै वन विनासका कारण अतिक्रमणको चपेटमा परेको मन्दिर क्षेत्रको संरक्षणका साथै पूर्वाधार निर्माणमा सुब्बाले सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।मंत्री सुब्बाले सांसद विकास कोषको ४ लाख रकम बाट निर्माण सम्पन्न मन्दिरको उद्घाटनका क्रममा सम्पदा संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भयो ।









