इनरुवा जेठ १०/छुवाछुत अनत्यको अभियानमा प्रतिवद्धता सहितको सहकार्यलाई औल्याउँदै इनरुवामा राष्ट्रिय समता दिवस मनाइएको छ ।नेपाली काँग्रेस सुनसरीले समता दिवसका अवसरमा छुवाछुत मुक्त समाज निर्माणको अभियानलाई साकार बनाउन भैरहेका पहल कदमी र जिल्लाको वर्तमान अवस्था विषयमा खुला बहस संचालन गरेको थियो ।
कार्यक्रममा सहभागिहरुले विगतको तुलनामा छुवाछुतमा कमी आएपनि अझै सुधारको पाटो आवश्यक रहेको धारणा राखेका थिए ।कार्यक्रममा दलित संघ आवद्ध नेता तथा दलित अगुवाहरुले पार्टीले अवलम्बन गरेको छुवाछुत विरुद्धको नीति प्रभावकारी बन्दै गएकोमा सराहना व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्राईले कार्यक्रममा बोल्दै नेपालमा छुवाछुत र विभेद अन्त्यका पक्षमा निकैनै सुधार आएको प्रसंग कोट्याउँदै कुनाकाप्चा सम्म सो अभियानको प्रभावकारीताका लागि सवैको पहल आवश्यक रहेको औल्याउनुभयो । सुनसरी सभापति राजिव कोइराला, सांसद सीताराम मेहता, पाटी सचिव केदार भण्डारी लगायतले समता दिवस र छुवाछुत विरुद्धको अभियानका बारे धारणा राख्नु भएको थियो ।










