
जेठ १९ इनरुवा /स्वस्थ दुध दीर्घ जीवन भन्ने नाराका साथ इनरुवामा १६ औं विश्व दुध दिवस मनाइयो छ ।नियमित दुध सेवन गर्ने बानी बसालौं भन्ने उद्येश्यसाथ जिल्ला पशु सेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा सचेतना मूलक र्यालीको आयोजना गरेको हो ।मदिरापान र लागुऔषध सेवनले ज्यान जाने खतराको पूर्व आंकलन सहित त्यस्तो बानी त्यागी दुध सेवन तर्फ बढ्न र्यालीका सहभागिहरुको सुझाव थियो ।
भगवति दुग्ध सहकारी संस्था इनरुवाको संयोजनमा निस्केको र्यालीले इनरुवा बजारको परिक्रमा गरेको थियो ।र्याली पश्चात आयोजित कोणसभामा वक्ताहरुले दुधको महत्व बारे दर्शाएका थिए ।कार्यक्रममा जिल्ला दुग्ध सहकारी उत्पादक संघका अध्यक्ष गणेश गुरागाई सहित पशु कार्यालयका निमित्त प्रमुख राजेन्द्र चौधरी लगायत, दुग्ध सहकारी संस्थाका प्रतीनीधीले बोलेका थिए ।









