
जेठ २६ लौकही /सुनसरीको लौकही गाविसका युवाहरुका लागि उद्घोषण तालिम संचालनमा ल्याइएको छ ।
युवा सञ्जाल लौकही सुनसरीले गाउँ बिकास समितिको कार्यालयको सहयोगमा आजबाट दुई दिने उद्घोषण तालिम संचालनमा ल्याइएको हो ।

समावेशीताका आधारमा युवाहरुको सहभागितामा संचालित तालिमको गाविस सचिव भगिरथ सञ्जेलले उद्घाटन गर्नु भएको थियो ।
उद्घोषण तालिमको पहिलो दिन संचारकर्मी राजन निरौलाका साथै संस्थाका अध्यक्ष पवन रौनियारले सहजीकरण गरेका थिए ।
क्षमता प्रस्पफुटनको अभिप्रायकासाथ युवा लक्षित उद्घोषण तालिम संचालनमा ल्याइएको गाविसको कार्यालयले जनाएको छ ।








