इनरुवा जेठ २८/ इनरुवा नगरपालिकाले यतिवेला नगर विकासलाई तिव्रता दिएको छ ।दुई आर्थिक वर्षयता गौरभशाली योजनालाई अघि बढाएको इनरुवा नगरपालिकाको कार्यालयले एक पछि अर्को बिकासे योजनाहरुलाई मुर्त रुप दिँदै गएको छ ।नयाँ आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा इनरुवा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारिएको छ । जसका लागि सरकारले ५० करोड रकम छुट्याएपछि यतिवेला स्थानीयतहमा नगरको विकास र भावी रणनीति बारेको बहस निकै चल्न थालेको छ ।
इनरुवा नगरपालिका कार्यालयले यतिवेला आफ्ना गौरभशाली योजनाहरुका रुपमा सिटी हल निर्माण, खेलमैदान, स्वर्गद्धारी घाट, बसपार्क निर्माणको क्रमलाई तिव्रता दिइरहेको छ ।नगरभित्र संचालित योजनाहरुमा स्थानीय दलका साथै नगरवासीले समेत साथ र समर्थन जनाएपछि इनरुवा नगर विकासको क्रममा अघि बढ्न सफल देखिएको इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता बताउनुहुन्छ ।

नगरपालिकाले नियमित अनुगमन र पार्दशितालाई आधार मानि बिकासे योजनाहरु कार्यान्वयनमा ल्याउन थालेसँगै स्थानीय राजनैलिक दलका साथै नगरवासीको साथका कारण बिकासे योजनाले पूर्णता पाउन थालेको हो ।पारदर्शिताकासाथ अनुगमनमा सबै पक्षको उपस्थितीका साथ वास्तविकता दर्शाउने कार्यकारी अधिकृतको परिपाटीलाई स्थानीय राजनैतिक दल लगायत सरोकारवालाहरुले रुचाएका छन् । उनिहरुले यदाकदा रहेका कमी कमजोरी औल्याएर अघि बढ्न नपालाई सुझाएका छन् ।









