काठमाडाैं । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो ।
उच्च माध्यमिक शिक्षा परिषद र सिटिइभिटिसंग छलफल गरी शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना पाउने आधार बुधबार तय गरेको हो । परिषदका उपाध्यक्ष चैतन्य शर्माले ‘स्पेशिफिक’ भएर भर्नाको आधार तोकिएको बताए ।
नम्बरका आधारमा ग्रेड ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसमाथि ९० भन्दा कमलाई ए, ७० र त्यसमाथि ८० भन्दा कम बी प्लस, ६० र त्यसमाथि ७० भन्दा कम बी, ५० र त्यसमाथि ६० भन्दा कम सी प्लस, ४० र त्यसमाथि ५० भन्दा कम सी, ३० र त्यसमाथि ४० भन्दा कम डी प्लस, २० र त्यसमाथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरिएको छ । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।








