एजेन्सी । भूतको फिल्म हेर्दै गर्दा ६५ वर्षिय एक वृद्धको बिहिबार मृत्यु भएको छ। भारतको आध्र प्रदेशका ती वृद्ध भर्खरै रिलिज भएको अंग्रेजी हरर फिल्म ‘द कन्जुरिङ २’ हेर्न तीरुभन्नमलाई सहरको श्री बालसुब्रमनिएर सिनेमा घरमा पुगेका थिए।
ती वृद्धलाई अस्पताल ल्याएका व्यक्तिलाई डाक्टरहरुले ‘तीरुभन्नमलाई सरकारी मेडिकल कलेज अस्पताल’मा पोस्टमर्टमको लागि लैजान बताएका थिए। मृत शरिरसंगै ती व्यक्ति पनि गायब भएका छन्। प्रहरीले ट्याक्सी ड्राइभर र लजहरुमा मृत व्यक्तिको पहिचान खुलाउन सोधपुछ जारी राखेको छ। नेपाली हेडलाइनबाट








