६ असार, इनरुवा । नेपाल सरकारले मुलुक या मुलुक बाहिरबाट सञ्चालन भइरहेका अनलाइन पाेर्तलहरूलार्इ एउटै धारमा ल्याइ कानुनत सञ्चालनका लागि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ सार्वजनिक गरेको छ । सरकारले बिना दर्ता सञ्चालन भएका अनलाइनहरू तथा नविकरणनै नगरी कानुन बिपरीत सञ्चालन भएका अनलाइनहरू बन्द गर्न सक्ने सम्मकाे प्रावधान सहितकाे निर्देशिका जारी गरेकाे हाे ।
साथै मुलुक बाहिरबाट नेपालीभाषामा सञ्चालन हुने अनलाइनहरूलार्इ अनुगमन गरी कानुनत सञ्चालन गर्न लगाइने तर कसैकाे मान हानी भएमा साे अनलाइनकाे प्रसारण बन्द गर्न सकिने प्रावधान समेत निर्देशिकामा उल्लेख गरीएकाे छ । सरकारले निर्देशिका सार्वजनिक गर्नु पुर्वनै सञ्चार विज्ञ र पत्रकार हक हितमा कार्यरत विभिन्न संघ संस्थाले यसको विरोध गर्दै अाएका छन ।









