काठमाडौं / अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरू चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन्। अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् ।
जतिसुकै पीडा भए पनि सुपरभाइजर भएको हिसाबले प्रहरी, कम्पनीदेखि सवैतिर खबर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले बताए। नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।
‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरेँ, तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए । उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।









