काठमाडौ । द्वन्द्वग्रस्त चार मुलुकमा कामदार पठाउन प्रतिबन्ध लागेको छ । मन्त्रिपरिषद्ले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा कामदार पठाउन श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको छ । आतंककारी समूहको निशानामा निर्दोष नेपाली पर्ने गरेकाले त्यस्ता देशमा जान प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

अफगानिस्तानमा मारिएकाका आफन्तलाई १०–१० लाख

काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाा दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए । घाइते सबैको निस्शुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia