buwa lai juta ko mala Biwaha

वीरगन्ज । छोराले अन्तरजातिय प्रेम विवाह गरेको आरोपमा गाँउका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाँउ घुमाएका छन् । वीरगन्ज उपमहानगरपालिका–२१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई बुधबार गाँउका मुखिया र अगुवाहरुले जुत्ताको माला लगाएर गाँउ परिक्रमा गराएका हुन् ।

शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रविना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । घरबाट भागेर दुवै जनाले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमै पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो । पञ्चायतमा सहभागी गाँउका मुखिया र अगुवाहरुले माथिल्लो जातको केटीसँग विहे गरेको भन्दै अर्जुनका बुबा शिवपुजनलाई जुत्ताको माला लगाएर गाँउ परिक्रमा गराउने निर्णय गरे ।

पञ्चायतको निर्णयानुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाइदिन गाँउका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाहरुको अगुवाइमै गाँउलेहरुले शिवपुजनलाई गाँउ परिक्रमा गराएका थिए ।

जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखिया र गाउँका अगुवाहरुले शिवपुजनलाई कुटपिट पनि गरेको पीडितका काहिँला छोरा नानक चन्द साह तेलीले बताए । भवानीपुर गाँउमा पटेल जातिको बाहुल्यता रहेको छ । तेली जातिको दुई तीन घरधुरी मात्र छ ।

पटेल जातिका अगुवा र मुखियाहरुले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरेपनि गाँउमा पटेलहरुको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् । तर उनका काहिँला छोरा नानक चन्दले खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी नै मुखियाहरु शिवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ । आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia