काठमाण्डाै / सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ।
केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको छ। यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।
बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ । तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ।








