herol copa football

१३ असार, काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका कपको उपाधी जितेको छ । सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै चिली च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको हो ।पेनाल्टी सुटआउटमा अर्जेन्टिना दोस्रो पटक चुकेको हो । अघिल्लो संस्करणमा पनि अर्जेन्टिना चिलीसँगै पराजित भएको थियो ।पहिलो पेनाल्टी प्रहार गरका अर्टुरो भिडालको पेनाल्टी अर्जेन्टिनाका सर्जियो रोमेरोले बचाइसकेको अवस्थामा लियोनल मेस्सी गोल गर्नबाट चुके । उनको पेनाल्टी पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia