sunsari cdo nirdeshan inaruwa

इनरुवा असार १३।असारको पहिलो सातामै जिल्लाका विभिन्न भुभाग बाढीका कारण डुबानमा परेपछि सुनसरी प्रशासनले विपद् व्यवस्थापनका लागि रणनीतिक योजना अघि बनाई अघि बढ्ने जनाएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको इनरुवामा आज बसेको बैठकले आगामी दिनमा आइपर्न सक्ने बाढीलाई दृष्टिगत गरी पूर्व तयारी लगायतका गतिविधीलाई चुस्त राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको नेतृत्वमा बसेको सर्वपक्षिय भेलाले सप्तकोशी नदी सहित सेरा , टेङग्रा र सुनसरी लगायतका खोलाको बाढीले पुरयाउन सक्ने क्षति पूर्वानुमान सहित रोकथामका पहल र विपद् पूर्व तयारीलाई प्राथमिकतामा राखेको छ ।वर्षायामको सुरुवातमै जिल्लाका विभिन्न भाग डुबानमा पर्नुका साथै सप्तकोशी नदीमा समेत पानीको सतह बढ्न पुगेकाले आउँदा दिनमा सर्तकताका साथ पूर्वतयारीमा रहन मातहतका निकायलाई सुनसरी प्रशासनले निर्देषन समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia