१३ असार, काठमाडौँ । अफगानिस्तानमा १३ जना नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै आतंकवादी संगठन तालिवानले नेपालीमाथि फेरि आक्रमणको चेतावनी दिएको छ।तालिवानले (जुन २७) नेपालीमाथि ठूलो आक्रमण गर्ने धम्की दिएको हो । अफगानिस्तानथित इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प तथा सम्बन्धित कम्पनीहरुलाई यो सूचना दिइएको छ ।
गत सोमबारको आक्रमणपछि अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीमा सुरक्षा सतर्कता बढाइएको छ। अफगानिस्तानमा कार्यरतमध्ये अधिकांश नेपाली पूर्वसुरक्षाकर्मी छन् । उनीहरु नेपालमा सेना, प्रहरी तथा भारतीय सुरक्षाफौजमा जागिर खाएर फर्किएपछि धन कमाउन अफगानिस्तान पुगेका हुन् । नेपालीहरुले अफगानिस्तानको सुरक्षा व्यवस्थामा रक्षाकवचको भूमिका खेलेकाले नेपालीलाई तालिवानीले निशाना बनाउन थालेको बताइएको छ ।
गत सोमबार भएको आक्रमणपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु निकै तनावमा परेका छन् । खासगरि, अवैधानिक रुपमा त्यहाँ पुगेका कामदारहरु सहजै घर फर्कने अवस्था छैन् । घर फर्कन चाहनेलाई कम्पनीले अनेक झमेला सिर्जना गरिदिएको नाम नबताउने शर्तमा एक नेपालीले बताए । जुम एनपीबाट









