१४ असार, इनरुवा। सामाजिक विकासका साथिहरु, नेपाल नामक संस्थाले इनरुवा नगरपालिकाको सहयोगमा एक दिने महिला हिंसा नियन्त्रण कानुनी सचेतना तालिम सञ्चालन गरेको छ।उक्त तालिमको समुदघाटन समारोहको अध्यक्षता सामाजिक विकासका साथीहरु, नेपालका अध्यक्ष श्री बिनोद पसाद ढकालले गर्नु भएको थियो भने पमुख अतिथी नागरिक वडा मंच वडा नं.६ का संयोजक श्री बौवालाल मेहताले तालिमको समुदघाटन गर्नु भएको थियो ।कार्यक्रममा इनरुवा न.पा.व.नं.६का वडा सचिव श्री सुनिता सुवेदि वस्ती समेतको बिशेष अतिथिको रुपमा उपस्थिीति थियो ।
परक्षिकको रुपमा श्री पुरुषोत्तम घिमीरे, श्री बिनोद पसाद ढकाल, श्री मिना भटराइ, श्री महेश्वरी , सीता श्रेष्ट हुनुहुथ्यो, र स्वागत मनतब्य श्री रामबिलास मेहताले गर्नु भएको थियो भने संचालन सहजकर्ता श्री हिरा पोखरेलले गर्नु भएको थियो।४५ जना स्थानिय महिलाहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।









