१५ असार, एजेन्सी। बुधबार टर्कीको विमानस्थलमा भएको आतंकवादी हमलामा पर्नबाट बलिउड नायक ऋतिक रोशन जोगिएका छन् ।करिब ३६ जनाको मृत्यु र सयौँ घाइते भएको सो हमला हुनुभन्दा एक घण्टाअघिमात्र उनी त्यस विमानस्थलमा थिए । आफ्नो पहिलो फ्लाइट मिस भएपछि तनाबमा रहेका उनलाई विमानस्थलका स्टापले सहयोग गरेर अर्को फ्लाइट मिलाइदिएका थिए ।
यदि उनले अर्को फ्लाइट पाउदैनथेँ भने उनी सायद केही समय विमानस्थलमै रहन्थे र फ्लाइटका लागि व्यवस्था गर्थे । तर स्टापको सहयोगमा उनी त्यहाँबाट उड्न सफल भए र हमलाबाट जोगिए ।स्पेन र अफ्रिकामा बच्चाहरुको साथमा विदा मनाउन गएका रोशन स्वदेश फर्कने क्रममा त्यहाँ पुगेका थिए ।










