१५ असार । बुधबार बझाङमा ५ रेक्टरको भुकम्प गएको छ ।बझाङको मयानामा केन्द्र बिन्दु भएर २ बजेर ५५ मिनेटमा भुकम्प गएको भुकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । सोही ठाउँमा केन्द्रबिन्दु बनाएर फेरी ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टरको भुकम्प गएको उनको भनाइ छ ।
भुकम्प गएपछि बझाङका अधिकांश मानिसहरु हतार हतार खुल्ला ठाउँमा जम्मा भएका थिए । लगातार दुई पटक भुकम्पको झड्का लाग्दा फेरी पनि भुकम्प जाने डरले मानिसहरु सडक छेउमा बसेका छन ।भुकम्पले बझाङमा के कति क्षती पार्यो बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए ।









