Jhinga atank-Rangeli-kutai sorabhag1

१५ असार, बिराटनगर । मोरङ जिल्ला, सोराभाग गाविस– ९ स्थित विराट पोल्ट्री फर्मले आसपासको गाउँमा झिंगा आतंक फैलिएको भन्दै स्थानीयहरू प्रतिरोधमा उत्रिएका  छन ।  उद्योगको प्रदूषणले गाउँमा हैजा फैलिएको भन्दै   फर्मभित्र छिरेर स्थानीयले ठूलो मात्रामा कुखुराको फुल फुटाएका थिए । फर्म भित्र ताेडफाेड सुरूभएपछि घटनास्प्रथल पुगेकाे प्रहरीले स्थानीयहरूमाथी बल प्रयाेग गरी हटाएकाे थियाे ।

 उद्योगबाट प्रहरीले स्थानीयलाई बाहिर निकालेपछि सडक जाम गरी सवारी साधनमा तोडफोड गर्नेलाई लाठीचार्ज गर्दै नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका पूर्व एआईजी भीष्म प्रसाईलगायतको लगानीमा चलेको सो फर्मको फोहरले गाउँमा झिंगा फैलिएर केही बालबालिकाको मृत्यु भएको र केही बिरामी परेको स्थानीयले बताएका छन् ।
Jhinga atank-Rangeli-kutai sorabhag

स्थानीयको माग फर्म प्रशासनले सम्बोधन नगरेपछि उद्योग घेराउ गर्दै नाराबाजीसहित उद्योगभित्रको अण्डा र बस तोडफोड गरेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सो क्रममा स्थानीयवासिन्दामाथि प्रहरीले लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट घाइते भएका सोराभाग –९ का तुलसी ढकालले बोल्दापनि मुखमा झिंगा पस्न थालेपछि आन्दोलन गरेको बताए । प्रहरीले सोराभाग –९ का प्रवेश पाठक र विनोद गिरीलाई नियन्त्रणमा लिएको छ । आक्रोशित स्थानीयवासिन्दाले हुलाकी राजमार्गअन्तर्गत रंगेली विराटनगर सडक खण्डसमेत केही समयका लागि अबरुद्ध गर्दै को १ ख ३०१५ नम्बरको बसमासमेत तोडफोड गरी क्षति पुर्‍याएका थिए ।

तीन वर्षअघि स्थापना भएको सो उद्योगले दैनिक झण्डै एक लाख अण्डा उत्पादन गर्दै आएको छ । उद्योग स्थापनासँगै अस्वभाविक रुपमा झिगाको समस्या देखापरेपछि स्थानीयवासीसँगै बेतौना, रंगेली आमतोलाका वासिन्दाहरु पीडित हुादै आएका छन् । सोराभाग –९ बेतौनाकी सरिता राजवंशीले गाउँमा झिंगा फैलिएर चार जना बालबालिका अस्पताल भर्ना भएको बताइन् ।

मंगलबार सोराभाग –८ का प्रह्लाद राजवंशीको बिवाहको भोज चलिरहेको थियो । सबै खाद्य परिकार झिंगाले छोपेको थियो । मिठाइलगायतका परिकारलाई झुल लगाइएको थियो । भोज खान बसेका पाहुनाको हात झिंगा हल्लाउनमै ब्यस्त थियो । पाहुनाले भोज खाँदै गरेको टेबुल झिंगाले भरिएको थियो । घरभित्र टाँगिएको डोरी र बिजुलीका तार भिंगाले छोपेको थियो । प्रह्लादका बाबु भागवत राजवंशीले गाउँमा कुखुरा फार्म स्थापना भएपछि सो समस्या आएको बताए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले उद्योग तोडफोडसँगै सार्वजनिक बाटो आवरुद्ध गरी बसमा क्षति पुर्‍याएपछि भिडलाई पन्छाउन खोजिएको तर वल प्रयोग नगरिएको बताएका छन् । उदघाेष दैनिककाे सहयाेगमा

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia