१५ असार। संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानको लागि बार्ता पनि गठबन्धनसंग नै गर्नु पर्ने बताउनुभएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा उहाँले मधेसी मोर्चा पनि संघीय गठबन्धनमै रहेकाले वार्ता गठबन्धनसँग गर्नुपर्नेमा जोड दिनुभयो ।
अलग अलग बार्ता गरेर समस्याको समाधान ननिस्कने तर्क गर्दै उहाँले सरकारले बार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी केलक अछि ।








