काठमाडौं, असार १६ / नेपाली कामदारलार्इ गैरकानुनी रुपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ। आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्।
चार पाँच वर्षअघिसम्म भारतीइ मार्ग हुँदै अफगानिस्तानमा अबैध तरिकाले कामदार लैजाने गरिन्थ्यो। पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुबेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगारसम्बद्ध सोतले बतायो।
एक तहका दलाल नेपाल बस्छन्। गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन्। जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैािकाृ बार्गेनिङ हुन्छ। पैसाको लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ। यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँ दिल्ली र अफगानिस्तानसम्म फैलिएको छ। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ।








