इनरुवा असार १६/सर्पको टोकाइबाट सुनसरीको मधेशा ४ घोपाली टोलका एक बालकको ज्यान गएको छ ।
घरको कोठामा सुतेको अवस्थामा सर्पको टोकाइले मातृका कोइरालाका २ वर्ष ९ महिनाका छोरा मञ्जित कोइरालाको मृत्यु भएको हो ।
परिवारका अनुसार भ्यागुतोलाई लखेट्दै आएको सर्पको डसाइले बालकको ज्यान गएको हो ।








