काठमाडौँ – भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ । नेपाल खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट बिहीबार बहुमतबाट पारित भएपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो ।
‘केही दशकभित्र हामी नयाँ ठाउँमा पुग्नेछौ । प्रविधि माथिको विस्तार र पहुँचलाई अगाडि बढाउँछौ । खुला विश्वविद्यालयलाई गुणात्मक ढंगले व्यवस्थित गर्नु पर्नेछ’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ‘संसारभर छरिएका नेपाली श्रमिकको शिक्षामा पहुँच हुनेछ । उनीहरुको प्रतिभा, क्षमता, अनुभव र पुँजी नेपालसँग जोडिनेछ । उनीहरुलाई हामीले भावनात्मक रुपमा समेटन खोजेका छौँ ।’अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।








