१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन ।
यसअघि केसीको अनशनका कारण बिरामी विद्यार्थी र प्राध्यापक स्वयंलाई पर्ने नकारात्मक असरबारे अनसन उठाउँदै आएका आईएमका एक प्राध्यापकले अस्पतालमा हुने अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिको सबै पाक्षबाट मुल्यांकन गर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार केसीको अनशनका विषयलाई लिएर यसपटक प्राध्यापक, अस्पतालका कर्मचारी र विद्यार्थीबीच व्यापक असन्तुष्टिसँगै विभाजन ल्याएको छ । अाजकाे अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ ।









