१७ असार, काठमाडौं । भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा चासो देखाएको छ । मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो । हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरेकाे छ ।
२० देखि ३० घरधधुरी रहेको हिल्सामा चिनियाँ पक्षले विद्युतका लागि सहयोग गर्ने प्रस्ताव आएको र भारतले पनि सोही ठाउँमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएको पत्रमा उल्लेख छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।









