काठमाडौ । सरकारले यही असारभित्र अर्थात अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ । आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भएपनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ ।झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन् । गुणस्तरको हिसावले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भइपनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन । आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia