१७ असार, काठमाडौ । गुन्डा नाइके दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङेसहित उनका दुई जना सहयाेगीलाई बिहिबार राती पक्राउ गरेको हो ।
गुन्डागर्दीको उजुरीका आधारमा मनाङेको समूहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए ।प्रहरीले ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको गरेको जनाएको छ । पक्राउ परेका मनाङेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।नेपालसंदेशबाट









