
असार १७ इनरुवा /सरकारी कार्यालयबाट प्रदान हुने सेवा सुविधाका साथै जनताका अधिकारको सुनिश्चितता बारे सरोकारवालाहरुले सामूहिक छलफल गरेका छन् ।
सुनसरीको इनरुवामा जागरण नेपालले सरकारी सेवा प्रवाह र जनताको पहुँचको बारे सरोकारवालावीच अन्र्तकृया चलाइएको हो ।
कार्यक्रममा स्वास्थ्य, शिक्षा र खाद्यान्यमा सर्वसाधारणको पहुँचबारे चर्चा गरिएको थियो ।सो कार्यक्रममा संघसस्थाका प्रतीनिधी, वडा नागरिक मंच, महिला स्वयंसेविकाका साथै सरोकारवाला निकायका प्रतीनिधीहरुको सहभागिता रहेको थियो ।








