jestha nagarik
असार १७ इनरुवा /आफ्ना मागहरु सबै पुरा नगएपनि सामाजिक सुरक्षा भत्ता वृद्धि गराएकोमा वृद्धवृद्धाहरुले वर्तमान सरकार प्रति आभार व्यक्त गरेका छन् ।सुनसरीको इनरुवामा अग्रज समाज नेपालले आयोजना गरेको कार्यक्रमका सहभागि उनिहरुले अझपनि सरकारबाट निकै अपेक्षा गरिएको बताएका हुन् ।

देशव्यापी उत्सव र्यालीमा निस्केको अग्रज समाज नेपालको टोलीले इनरुवा नगरपालिकामा स्थानीय वृद्धवृद्धाहरुलाई भेटी राय सुझाव बुझ्ने काम गरेको थियो ।सरकारसँग राखिएका आफुहरुका माग पूर्ण रुपमा अझै कार्यान्वयनमा आउन नसकेको बताउने समाजका पदाधिकारीहरुले केन्द्रका साथै जिल्लातहबाट समेत दबाव सीर्जना गराउन आवश्यक रहेको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia