१८ असार, एजेन्सी । बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा आक्रमण हुदा दुई जनाको मृत्यु भएको छ । गएराती भएको आक्रमणमा परी दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।आक्रमणमा परी कम्तिमा ३५ जना घाइते भएको बिबिसीले जनाएको छ ।
यस्तै आक्रमणकारीले ढाकाको गुलशन क्षेत्रमा रहेको रेष्टुरेन्टमा आक्रमणगरी २० जना विदेशी नागरिकलाई बन्धन बनाएका छन ।समाचार अनुसार बन्धन बनाइएका ७ जना इटनी र ५ जना जापानी रहेको बताएको छ ।
स्थानीय प्रशासनले क्याफेमा बन्धक बनाइएका मानिसलाई सुरक्षित मुक्त गराउन पहल भइरहेको बताएको छ ।आइएसले विदेशी नागरिकको बढी चहलपहल हुने स्थानलाई लक्षीत गरी आक्रमण गरेको थियो । आक्रमणको जिम्मेवारी पनि आइएसले जनाएको छ ।नेपाल संदेसबाट









