girija salik inaruwa
इनरुवा असार १८/नेपाली काँग्रेस जिल्ला कार्य समिति सुनसरी हातामा निर्माण सम्पन्न शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको शालिकको आज अनावरण गरिएको छ ।कोइरालाको ९३औं जन्म जयन्तीको अवसर पारी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शालिक अनावरण गर्नुभएको हो ।

कोइराला पुत्रि तथा पाटी केन्द्रिय सदस्य सुजता कोइराला र मिनेन्द्र रिजाल सहितले कोइरालाको शालिकमा माल्र्यापण गर्नु भएको थियो ।
शालिक अनावरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताका लागि नभएर व्यवस्थाका लागि सहमति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

girija salik inaruwa1
नेता पौडेलले सत्ताको भागवण्डाबाट माथि उठि दीर्घकालिन सोचका साथ अघि बढ्नु मुलुककालागि आवश्यक रहेको धारणा राख्नु भयो ।
नेता पौडेलले एमाले नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावको पक्षमा आफु र आफ्नो पाटी समेत सकारात्मक रहेको बताउनुभयो । असन्तुष्ट पक्षका मागहरु धेरैजसो सम्बोधन भैसकेको र बाँकी रहेका मुद्धामा समेत आपसी समझदायी कायम गरी अघि बढ्न पौडेलको सुझव थियो ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु मिनेन्द्र रिजाल र सुजाता कोइरालाले नेपाली काँग्रेस सत्ताको भोगि नभएको स्पष्ट पार्दै मुलुकको निकाश सहितको कुशल व्यवस्थाकालागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको धारणा राख्नु भयो । कार्यक्रममा पाटी सभापति राजिब कोइराला लगायतकाले कोइरालाको राजनैतियक योगदानका बारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia