बाजुरा । बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा घर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्याइयो ।
बेथाले च्याप्दै लगेपछि एक सातापछि मिठुलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ किचकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो । डाक्टरहरुले बच्च मरिसकेको र आमो समते ज्यान जोखिममा रेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए । उनले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ।
जब बच्च निकालियो, तब पासवानले आँखै अगाडि देखे मरेको बच्चा । मिठुको पेटमा नौ महिनासम्म सकुशल हुर्किएको छोरीको २१ दिन अघि नै पेटमै मृत्यु भइसकेको रहेछ । लड्नासाथ तत्काल उपचार गर्न सकिएको भए बच्च बाँच्न सक्ने डाक्टरहरुले बताए । अाजको राजधानी दैनिकमा खबर छ ।









