dhaka aakraman attack

१९ असार,। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा इस्लामिक स्टेट (आईएस) ले आतंककारी हमला गरी २० जनाको हत्या गरेको छ ।हत्या भएका १७ बिदेशि नागरिक र ३ जना बंगलादेशी नै रहेका सरकरी अधिकारीले जनाएका छन । घटनामा ३० जना घाइते भएका छन् । घाइतेका ढाकाको अस्पतालका उपचार भइरहेको छ ।

हत्यापछि मृतको सम्झनामा र घाइतेहरुको शिघ्रलाभको कामना गर्दै बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले दुई दिने राष्ट्रिय शोकको घोषणा गर्दै आतंकवाद विरुद्ध लड्ने प्रतिबद्धता जनाएकी छिन ।

उनले आतंककारीको कुनै धर्म नहुने भन्दै प्रधानमन्त्री हसिनाले धर्मको नाममा हुने कुनै पनि आतंक स्वीकार्य नहुने बताइन । बन्दुकधारीले शुक्रबार बेलुकी होली आर्टिसन बेकरी क्याफेमा हमला गरी त्यहाँ रहेका मानिसलाई बन्धक बनाएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।

घटनामा ज्यान जानेमा नौ जना इटाली, सात जना जापान, तीन जना बंगलादेश तथा एक जना भारतीय नागरिक रहेको सरकारी अधिकारीले जनाएका छन ।अमेरिकी विदेश मन्त्रालयले मारिनेमा एक जना अमेरिकी नागरिक पनि भएको जनाएको छ । तर यस बारेमा थप जानकारी दिइएको छैन ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia