२० असार।
मेरि स्टोप्स पोखराका डाक्टर यादव
पोखरामा पक्राउ परेका नक्कली प्रमाणपत्रधारी चिकित्सक जेल चलान भएका छन् । अदालतले मागेको धरोटी तिर्न नसक्दा महेश्वर राय यादब जेल चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालका अुनसार उनलाई अदालतले सात लाख रुपैया धरौटी मागेको थियो । अदालतमा उक्त धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् ।
रामजी यादब आठ लाख धरौटी माग भएको छ । उनलाई प्रहरीले अख्तियारमा बुझाएको छ । अञ्चल अस्पताल जनकपुरमा काम गरेकाले अख्तियारले पनि मुद्दा चलाउन लागेको हो । त्यस्तै मिथिलाञ्चल डेन्टल क्लिनिकमा काम गर्ने रविन्द्र कुमार पाण्डे ५० हजार रुपैया“ धरौटीमा छुटेको धनुषका एसपी रामदत्त जोशीले बताए ।
यस्तै जनकपु्रमा पक्राउ परेका दुई चिकित्सकलाई पनि धरौटीमा छाड्ने आदेश भएको छ । एक धरौटीमा छुटेका छन् भने एक जना हिरासतमै छन् ।
सुनसरीका डाक्टर मनिष
सुनसरीमा पक्राउ परेका नक्कली प्रमाणपत्रधारी डाक्टर मनिष अर्याल जेल चलान भएका छन् । अदालतले मागेको धरौटी बुझाउन नसक्दा अर्याल आइतबार जेल चलान भएका हुन् ।
जिल्ला अदालत सुनसरीले उनी संग प्रहरीले ठगीको बिगो दाबी गरे बराबर ३२ लाख २५ हजार रुपैया धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । अर्याल परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए ।
जिल्ला अदालत मोरङले पनि प्रहरीले दाबी गरेकै बिगो बराबर धरौटी मागेपनि तीनै जनाले आइतबार नै धरौटी तिरेर रिहा भएका थिए । चिकित्सा पेशाबाट कमाएको आम्दानीलाई प्रहरीले बिगो दाबी गरी ठगी मुद्दा दायर गरेको थियो ।








