John Kerry,Kiran Bajracharya,Bob Corker

काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरीले सन् २०१६ को मानव बेचविखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भक्तपुर जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई नयाँ एन्टी ट्राफिकिङ हिरो घोषणा गरेका हुन् । केरीले बज्राचार्यलगायत विश्वका ८ जनालाई सन् २०१६ को नयाँ एन्टी ट्राफिकिङ हरिो घोषणा गरेका हुन् ।

‘मानव बेचविखनलगायत महिला तथा बालबालिकाविरुद्व अपराधको अनुसन्धान क्षेत्रमा उहाँ (बज्राचार्य) को अनवरत प्रयासका लागि यो सम्मान दिइएको हो,’ प्रतिवेदनमा उल्लेख छ ।

सम्मानित आठजना एन्टी ट्राफिकिङ हिरोलाई उनीहरुले आ–आफ्नो देशमा मानव बेचविखनविरुद्व संघर्षका लागि गरेको प्रयासको पहिचान गरी सम्मानित गरिएको जनाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

sp-kiran-bajrachrya usa hero1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia