काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायी र केही म्यानपावर कम्पनीको दबाब र प्रभावमा अफगानिस्ताबाट छुटि्टमा आएका कामदारलाई पूनः र्फकन अनुमति दिलाएको छ ।

 श्रम तथा रोजगार मन्त्रालले आइलतबार सचिवस्तरीय निर्णय गरी छुट्टीमा आएका कामदारलाई तोकिएको ढाँचामा निवेदन दिन लगाएर पुनः काममा र्फकन अनुमति दिने निर्णय गरेको हो । तोकिएको निवेदनको ढाँचामा कामदार आफ्नै इच्छाले गरेको व्यहोरा उल्लेख भएको छ ।

अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासमा काममा जाने क्राममा आतंकवादीको विस्फोटमा परी १३ नेपालीको हत्या भएपछि मन्त्रिपरिषदको असार ९ गतेको निर्णयले आफगानिस्तान, सिरिया, इराक र लिवियामा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्ले ती मुलुकहरुमा जान चाहने कामदारलाई श्रमस्वीकृति नदिने निर्णय गरेको थियो । मन्त्रिपरिषदले प्रतिवन्ध लगाउको दुई साता नपुग्दै श्रम मन्त्रालयले केही म्यानपावर कम्पनीको दबाबमा परेर छुटि्टमा आएकाहरुलाई काममा र्फकन अनुमति दिएको हो ।

श्रममन्त्री, वैदेशिक रोजगार विभागका केही कर्मचारी र म्यानपावर कम्पनीको मिलेमतोमा उनीहरुलाई पठाउने निर्णय भएको हो ।आजकोअन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia