काठमाडौ । दक्षिण एसियामा आतंकवादका गतिविधि दिनप्रतिदिन बढिरहेका छन् । भाग्यवश नेपाल भने अहिलेसम्म त्यस्ता घटनाबाट जोगिन सफल भएको छ

तर, सुरक्षा अधिकारीहरु भने भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि आतंकवाद खतरा बढ्दै गएकोमा चिन्तित छन् ।खुला सिमाना मात्र होइन, एयरपोर्टमा पति त्यस्तै समस्या छ ।कमजोर सुरक्षा प्रणालीका कारण विमानस्थलबाट अवैध धन्दाहरु फष्टाइरहेका छन् ।

अन्तराष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने कुरा त्यसै भनेका होइनन् । शोभराजले त्यस्तो व्यंग्य गरेको १२ वर्ष भइसकेको छ, विमानस्थलको सुरक्षामा खासै सुधार हुनसकेको छैन ।विदेशमा आतंकवादी घटना बढिरहेकै बेला नेपालको विमानस्थलमा भने लगातार लाजमर्दो घटना भइरहेका छन् ।

सिम्रिक एयरका कारण गत बिहीबार विमानस्थलमा ठूलो हंगामा मच्चियो । टिकट नै नकाटी बोर्डिङ पास लिएर तीन युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेसम्म पुग्न सफल भएका थिए ।

काभ्रेका ती युवक नक्कली बोर्डिङ पासका आधारमा सिम्रिक एयरलाइन्सको हेलिकप्टरसम्म पुगेका थिए । सिम्रिककै कर्मचारी रविन्द्र अधिकारीले उनीहरुलाई बोर्डिङ पास दिएका थिए । ती युवकलाई प्रहरीले पक्राउ गरेका छ ।भने सिम्रिक एयरका कर्मचारी अधिकारीलाई बिमानस्थल आउन नपाउने गरी नागरिक उड्यन कार्यलयले निलम्बन गरेको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia