juno nasa jupitor

२१ असार । अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको जुनो अन्तरिक्ष यान आज (मंगलबार) सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा प्रवेश गरेको छ ।

करिब पाँच वर्षअघि नासाले जुनो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । यससँगै सौर्य उर्जाबाट सञ्चालित हुने यो अन्तरिक्ष यानले वृहस्पति ग्रहसँग जोडिएका रहस्यहरुको अध्ययन गर्न सुरु गर्नेछ ।

आफ्नो अन्वेषणका क्रममा जुनोले वृहस्पति ग्रहलाई ३७ पटक परिक्रमा गर्नेछ ।यसले वृहस्पति ग्रहको वरिपरी रहेको सबैभन्दा उच्च बादल देखि तल्लो क्षेत्रसम्मको अध्ययन गर्नुका साथै उत्पति, संरचना, वायुमण्डल र चुम्बकीय क्षेत्रको बारेमा अध्ययन गर्ने नासाले जनाएको छ ।जुनो वृहस्पतिको कक्षमा प्रवेश गरेपछि यसको गति ५४२ मिटर प्रतिसेकेण्ड हुनेछ ।

juno nasa jupitor1

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia