२१ असार, बिराटनगर। सोमबार राति नेकपा एमाले निकट युवा संघ नेपाल कोशी अञ्चल कमिटी सदस्य एवं युवा परिचालन विभाग प्रमुख हरि बस्नेत खुकुरी र रड प्रहारबाट घाइते भएका छन् ।
शरीरका विभिन्न भागमा चोट लागेका उनको न्यूरो अस्पतालमा उपचार भई रहेको छ ।विराटनगर १५ घर भएका बस्नेत होटलमा खाना खाएर निस्कने क्रममा जनआन्दोलन चोकमा आक्रमण भएको बताइएको छ ।
युवा संघ कोशी अञ्चल अध्यक्ष रोहित कोइरालाले अपराधिक समूहबाट आक्रमण भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ८–१० जनाको समूहमा आएका युवकहरुले आक्रमण गरेको बताइएपनि त्यसमा संलगन को थिए भन्ने खुल्न सकेको छैन् । युवा संघले घटनामा संलग्नलाई तत्काल कार्वाही गर्न माग गरेको छ । मोरङ प्रहरीले घटनामा संलग्नको खोजी भई रहेको बताएको छ ।









