gorkha department store3

२१ असार, इटहरी  पुर्वाञ्चलको चर्चित डिपार्टमेन्ट स्टोर गोरखाले सचालन गरेको गोरखा ब्रेकरीले गम्भिर लापवार्हि गरेको देखिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलय विराटनगर र जिल्ला प्रशासन कार्यलय सुनसरीको टोलीले आज ब्रेकरी उद्योगमा निरिक्षण गर्दा तीन वर्ष अघि म्याद गुज्रिएका खाद्य सामाग्री फेला पारेको हो ।gorkha department store1

उद्योगले उत्पादन गर्ने पाउरोटिमा प्रयोग गरिने विभिन्न कम्पनीका रंग तथा अन्य मिसावट सामाग्री गुणस्तरहिन भएको प्रमाणित भएको छ ।उद्योगमा फेला परेका म्याद गुज्रिएका कलर फ्लेबर तथा ब्रेड इम्पु्रभर प्रयोग गर्न तयारी अवस्था राखिएको फेला परेको थियो ।  सुनसरी जिल्ला प्रशासन कार्यलयका खाद्य निरिक्षक रमेश दाहालले उद्योगले गम्भिर त्रुटि गरेको बताए ।

उपभोक्ताको उजुरी परे अनुसार खाद्य निरिक्षकको टोली अनुगमनमा गएको र उद्योग हेर्दा लेवलिङमा कम्पनीको नाम उल्लेख नभएको पाउरोटी विस्कुट भेटिएको थियो ।तिन बर्ष अघिनै म्याद गुज्रीएका अखाद्य बस्तु समेत गाेरखाकाे बेकरीमा फेला पर्नु मानव स्वास्थ्यमा गम्भिर खेलवाड भएकाे अनुगमन टाेलीमा खटीएका सुनसरी जिल्ला प्रशासन कार्यलयका खाद्य निरिक्षक रमेश दाहालले बताए ।

टोलीले उद्योगलाई पहिलो पटकलाई सजक बनाउन म्याद गुज्रिएका सबै खाद्य सामाग्री हटाउन निर्देशन दिएको छ भने उत्पादन विक्रि गर्दा कम्पनीको नाम अनिवार्य रुपमा लेख्न निर्देशन दिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलयका खाद्य अधिकृत पुष्प राईले फेरी पनि उद्योगले कमजोरी गरेको देखिए कडा कारवाहि गरिने बताए ।

gorkha department store2

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia