
इनरुवा असार २१ /मौसममा आएको परिवर्तनसँगै सुनसरी जिल्ला अस्पतालमा भाइरल फिबर (मौसमी ज्वरो) का विरामीको चाप बढेको छ ।
चर्को घाम र गर्मिकावीच पानी पर्न थालेसँगै यतिवेला विरामी भई उपचार गराउन इनरुवा अस्पताल पुग्नेको संख्या बढ्दो छ ।
दिनहुँजसो एक सय बढी सर्वसाधारण भाइरल फिबरका कारण स्वास्थ्योपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मौसमका आएको परिवर्तनका कारण उपचारका लागि अस्पताल पुग्नेहरुमा भाइरल फिबरका अलावा, रुघा, खोकी, झाडापखाला, टाइफाइड र निमोनियाका विरामीहरु समेत रहेको इनरुवा अस्पतालले जनाएको छ ।अस्पतालमा विरामीको चाप बढेकाले स्थानीय नीजि क्लिनिकहरुमा समेत विरामीहरुको चाप बढ्न पुगेको छ ।








