Shashank-Koirala-bharna hospital

२२ असार, काठमाडौं । ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।उनलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए ।

महामन्त्री डा.कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहाुदुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शिर्ष नेताहरु पुगेका छन् ।

डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला लगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जानकारी दिएकाे छ ।

डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भएपनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia