masu pasal kira mantri

२४ असार , काठमाडौं । आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतको टोलीले शुक्रबार गरेको स्थलगत् अनुगमनकोक्रममा सतुंगलको ‘मोज मिट’नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री पुनले अनुगमनपछि सन्चारकर्मीसँग भने–‘उपभोक्तालाई असर पुग्ने कुनैपनि सामग्री बिक्री–वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।’

उक्त बधशालामा अव्यवस्थितरुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ । तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयबासीलाई थप असर पुग्ने हुँदा सन्चालकलाई सफा गर्ने समय दिइएको छ ।

masu pasal kira mantri1

सफा गरेपछि शुक्रबार साँझसम्ममा उक्त मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए । अनुगमन टोलीले शुक्रबार नै कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त सथानमा भने खासै समस्या देखिएन ।

झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमितरुपमा अनुगमन गर्दै आएको छ । अनुगमनकोक्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र शुक्रबार चौंथो दिन मासुको स्थलगत् अनुगमन गरेको हो ।साझासबालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia