sasank koirala

२४ असार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि शुक्रबार दिउँसो उनले जुस पिएका छन्।ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो। उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन्।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै बिहीबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसियु)मा राखिएको छ।महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा.लव जोशीले उनलाई कुनै सङ्क्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिए।

मंलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना भएका थिए। बुधबार बिहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।अन्नपुर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia