rasifal
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन् र उत्साह जाग्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रमाइलो जमघटमा मन रमाउनेछ। विशेष व्यक्तिलाई भेट्ने मौका आउला। उपहारका साथ स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै विभिन्न अवसर प्राप्त होलान्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। खर्चको मात्रा पनि बढ्ने समय छ। आफन्त एवं नजिकका साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। समस्या दर्साउँदा टाढाका साथीभाइले सहयोग जुटाउन सक्छन्। वैदेशिक क्षेत्रबाट पनि लाभ लिन सकिनेछ। लामो यात्रा सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुन सक्छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। केही अवसर गुम्न सक्छन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई फाइदा नै मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तत्काल फाइदा उठाउन मुस्किलै पर्ने देखिन्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य नपाइएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।-नेपालिपात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia