Himal

मनाङ । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन्। यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ।

 सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए। ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो’, उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ।’ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए।

विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन्। ‘हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो। आजभोलि त खै हिमालमा समेत हिउँ छैन ? ’ अपर पिसाङका याङ्डुङ गुरुङले भने, ‘६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ। आजभोलि किन यस्तो भएको होला ? ’

पहिले आठ फिटसम्म हिउँ पर्ने गरेको जानकारी गराउँदै खाङ्सारका कुमेर गुरुङ अचेल मुस्किलले एक फिट हिउँ पनि नपर्ने गरेको बताउँछन्। मनाङका गंगापूर्ण हिमाल, लमजुङ हिमाल, पिसाङपिकलगायत हिमालका आधाभन्दा बढी भाग कालो पहाडमा रूपान्तरण भइसकेका छन्। हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ। यसका कारण हिमशृंखला पग्लिएर हिमनदी बढ्न थालेका छन्।

गंगापूर्ण हिमालको फेदीमा रहेको गंगापूर्ण तालको दुईतिहाइभन्दा बढी भूभाग पुरिइसकेको छ। मनाङको पर्यटकीय आकर्षणमध्येको एक यो तालमा हिउँसँगै पहाडका ढुंगा र माटो बग्ने क्रम अत्यधिक भएपछि ताल पनि संकटमा परेको छ। तल्लो मनाङमा भने विगतको तुलनामा पानीको मात्रा बढ्दै गएको मनाङका पूर्वसांसद रहेका तिल्चे गाउँका कोमल घलेले बताए। जलवायु परिवर्तनका कारण यहाँको दूधखोला नदी निकै बढेको उनले सुनाए।

‘यो खोला पहिले त निकै सानो थियो’, उनले भने, ‘अहिले एक्कासि बढेर गाउँलाई नै जोखिममा पार्न थालेको छ।’ दूधखोला बढ्दै गएपछि तिल्चेका पाँच घर बगाएको र थुप्रै जग्गा नदीले कटान गरिदिएको उनले बताए। दूधखोलाको सिरानमा पर्ने पोङ्कर ग्लासियर पग्लने क्रम बढेर गाउँ जोखिममा परेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट तटबन्धन गरिएको छ। तर पोङ्कर ग्लासियर पनि पग्लिँदै जाने र पानी बढी पर्न थालेपछि खोला अस्वाभाविक रूपमा बढ्न थालेकाले स्थानीय भने त्रसित नै छन्।

प्रायः एकनास बग्ने मनाङका ससाना खोला पनि खहरे खोलाजस्ता बन्न थालेका छन्। बर्सात्मा समेत सिमसिम पानी पर्ने यो ठाउँमा हिजोआज मुसलधारे पानी पर्न थाल्दा खहरेखोला बढेर झनै जोखिम हुन थालेको स्थानीय शिक्षक चेकमान गुरुङले बताए। तिल्चेबाट एक दिनमा पुगिने पोङ्कर ग्लासियर पनि पग्लने क्रम बढ्न थालेपछि काठमाडौं विश्वविद्यालयका हिमनदी विशेषज्ञले अध्ययन गर्न थालेका छन्।आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia